काठमाडौंमा दिनदहाडै चोरियो ५ लाख नगद

१९ भाद्र २०८०, मंगलवार १८:२१


काठमाडौ, १९ भदौ– काठमाडौंमा दिनदहाडै नगत ५ लाख रुपैयाँ चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ माछापोखरी कुमारीस्थानको मूल सडकबाटै दिनेशकुमार श्रेष्ठको ५ लाख रुपैयाँ नगद, चेक र कागजपत्र सहितको झोला चोरि भएको प्रहरीले जनाकारी दिएको छ ।

बिहान करिब ९ बजेको समयमा रोकी राखिएको गाडी भित्रबाट झोला चोरिएको श्रेष्ठले जानकारी दिएका छन । बैंकमा रकम जग्मा गर्न जान लाग्दै गर्दा रकम चोरी भएको श्रेष्ठले जानकारी दिएका छन ।

उनी खुद्रा व्यापार गर्छन् । गाडीमा झोला राखेर पसलतर्फ फर्किंदा नगदसहितको झोला चोरी भयो,’ श्रेष्ठले भने, ‘झोलामा ५ लाख जति नगद, पसलका कागजपत्र र केही चेकहरु थिए ।’

चोरी गर्ने व्यक्ति नजिकैको सीसी टिभीमा कैद भएको भन्दै उनले त्यो पनि सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सीसी टिभी फुटेजमा कालो ट्राउजर र फिक्का हरियो टिसर्ट लगाएका युवाले गाडीबाट झोला झिकेको देखिन्छ ।

घटनाबारे महानगरीय प्रहरी कार्यालय बालाजुलाई जानकारी गराइएको पीडित श्रेष्ठले जानकबारी दिएका छन । बालाजुका प्रहरी प्रमुख मनोजित कुवँरले घटनाबारे आफुलाई जानकारी भइनसकेको जानकारी दिएका छन ।

उनले भने, ‘उजुरी दर्ता भएको होला, प्रक्रियागत रुपमा सूचना आएपछि हामी खोजतलास गर्छौ