काठमाडौ, १९ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आज (मंगलबार) दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच झण्डै आधा घण्टा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा विभिन्न विधेयक लगायतका विषयमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
त्यसक्रममा नेताहरुबीच प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणका बारेमा समेत सामान्य कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाँदैछन् ।
