काठमाडौ, १९ भदौ– एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदान करिब सकिएको छ । १ हजार ४ मत मध्य मतदानमा नौ सय ६५ मत खसेको छ ।
आज (मंगलबार) बिहान पौने नौ बजेबाट सुरु भएको मतदान दिउँसो पौने ३ बजे सकिएको निर्वाचन समिति सदस्य विष्णुप्रसाद खनालले जानकारी दिएका छन ।
अधिवेशनमा एक हजार ४ जना मतदाता सहभागी रहेका थिए । मतदान सकिएपछि मुचुल्का उठाएर मतगणना प्रक्रिया सुरु गर्ने निर्वाचन मण्डलले जानकारी दिएको छ ।
प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पाल्पाका हुन् भने, रिजाल प्युठानमा हुन् ।
पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा रहेका छन । लुम्बिनीका १२ मध्ये ८ जिल्लाका लागि सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।
