एमाले लुम्बिनी प्रदेश अधिवेशन: पौने एक बजेसम्म सात सय मत खस्यो

१९ भाद्र २०८०, मंगलवार १३:३८

काठमाडौ, १९ भदौ– प्रमख प्रतिपक्षी दल एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) मा मतदान जारी छ ।

बिहान पौने नौ बजेबाट सुरु भएको मतदान १२ः४५ बजेसम्म सात सय मत खसेको केन्द्रीय निर्वाचन आयुक्त भरत पोखरेलले जानकारी दिएका छन ।

मतदान सकेपछि प्रक्रिया पुर्याएर आजैबाट मत गणना सुरु हुने उनले बताएका छन । प्रदेश अधिवेशनका लागि एक हजार चार जना मतदाता रहेका छन ।

प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा रहेका छन । कँडेल पाल्पाका हुन् भने, रिजाल प्युठानमा हुन् ।

दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा रहेका छन । पाल्पाका कँडेललाई उपाध्यक्ष पौडेल र प्यूठानका रिजाललाई महासचिव पोखरेलको समर्थन रहेको छ ।