काठमाडौ, १९ भदौ– प्रहरीले काठमाडौको शंखमुलमा खुकुरी हानेर भागेका एक एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपलिका–११ रामेछापका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगर रहेका छन ।
उनले ९ चैत २०७८ मा काठमाडौको शंखमुलमा सुरज खड्कालाई खुकुरी प्रहार गरेका थिए । मगरलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मगरलाई प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखेर ज्यान मार्ने उद्योगमा आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
