सुन र चाँदीको मूल्यमा गिरावट

१९ भाद्र २०८०, मंगलवार १२:४९

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ भने, छापावाल सुनको मूल्य तोलामा एक लाख १२ जहार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँ तोकिएको छ । सोमबार एक लाख १३ हजार रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो । आज चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार १४ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Web Post – 2