काठमाण्डौ, १९ भदौ– प्रमुख प्रतिपक्षी दल एमालेको लुम्बिनी प्रदेको प्रथम अधिवेशन जारी छ । जारी अधिवेशनमा प्रदेशको नेतृत्व चयनका लागि दुवै समूहले आफ्नै आफ्नै प्यानल बनाएका छन् ।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूह प्यानलै बनाएर चुनावमा होमिएको हो । लुम्बिनी प्रदेशको अध्यक्षका राधाकृष्ण कँडेल र हरि रिजाल मैदानमा रहेका छन ।
पाल्पाका कँडेललाई उपाध्यक्ष पौडेल र प्यूठानका रिजाललाई महासचिव पोखरेलको समर्थन रहेको छ । कँडेल निवर्तमान प्रदेश अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्यबाट राजीनामा प्रदेशमा चुनाव लड्न आएका हुन् ।
दुवै समूहले प्यानल बनाएर निर्वाचन प्रचार–प्रसार गरिरहेका छन् । निर्वाचनमा पार्टीका केन्द्रीय नेताहरु पनि स्पष्ट उपाध्यक्ष पौडेल र महासचिव पोखरेल खेमामा उभिएका छन् ।
पौडेल समूहमा सचिव छविलाल विश्वकर्मा र गोकर्ण विष्ट तथा पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने र बैजनाथ चौधरी रहेका छन ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी महासचिव पोखरेल खेमामा उभिएका छन् ।
अध्यक्ष केपी ओलीले अधिवेशन उदघाटनका क्रममा सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, दुई शक्तिशाली नेताहरुको समर्थन पाएका कँडेल र रिजाल पछि हट्न तयार नभएपछि सहमति प्रयास असफल भएको हो ।
पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा १३ जनाको उम्मेदवारी परेको छ । सचिवमा भने दाङका लक्ष्मण आचार्य सोमबारै निर्विरोध निर्वाचित भइसकेका छन् ।
अधिवेशन स्थल बुटवल अन्तर्रास्ट्रिय सभाहलमा मतदानको तयारी गरिएको छ । १२ जिल्ला र २३ जनवर्गीय संगठनबाट अधिवेशनमा १ हजार बढी प्रतिनिधि सहभागी छ
