काठमाडौं, १९ भदौ– राष्ट्रिय प्रजातन्त्रपार्टी नेपालका अध्यक्ष कमल थापाले एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग गरेको ऐतिहासिक प्रतिस्पर्धाले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको बताएका छन् ।
(आज) मंगलबार समाजिक संञ्जाल मार्फत उनले खेलाडीहरुको आत्मविश्वास र प्रतिभाको उत्कृष्ट प्रदर्शनका निम्ति बधाई दिएका हुन् ।
उनले लेखेका छन् ‘७ पटक एशिया कप र २ पटक विश्व कप जितेको भारतसँग नेपाली खेलाडीहरुले जुन प्रतिस्पर्धात्मक खेल खेले,त्यसले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको छ। आत्मविश्वास र प्रतिभाको उत्कृष्ट प्रदर्शनका निम्ति नेपाली खेलाडीहरुलाई बधाई। स्याबास! टिम नेपाल’
