काठमाडौ, १८ भदौ– श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान जारी एसीसी एसिया क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ ।
खेल रोकिनुअघि नेपाल ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाउन सफल भएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा रहेका छन ।
