काठमाडौ, १८ भदौ– श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान जारी एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले जारी खेलमा आफ्नो पाँचौं विकेट गुमाएको छ ।
नेपालका लागि ओपनरमा ब्याटिङ गर्न आएका आसिफ शेख ५८ रन बनाएर आउट भएका हुन । उनलाई शार्दुल ठाकुरले क्याच आउट गराएका हुन ।
