राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता

१८ भाद्र २०८०, सोमबार १३:३६


काठमाडौ, १८ भदौ– राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज सोमबार बिहान राष्ट्रपति भवन शीतलनीवासमा भेटवर्ता भएको हो । भेटवर्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन ।

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको पोखरेलले जानकारी दिएका छन ।