बालेनले फेसबुकबाट हटाए विवादित अभिव्यक्ति

१८ भाद्र २०८०, सोमबार ११:४८

काठमाडौ, १८ भदौ– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले केहि दिन अधि समाजिक सञ्जालमा पोस्ट गरेको सिंहदरबारमा आगो लगाइदिन्छुु भन्ने विवादास्पद फेसबुक स्टाटस हटाएका छन् ।

चौतर्फी आलोचना भएपछि शनिबार राति लेखेको विवादास्पद स्टाटस बालेनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकबाट हटाएका हुन् ।

आफ्नी श्रीमती सविना काफ्ले चढेको सरकारी गाडीलाई शनिबार ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाउने धम्कीसहित फेसबूक स्टाटसु लेखेका थिए ।

ट्राफिक प्रहरीले रोक्दा गाडीमा ड्राइभर र बालेनकी श्रीमती थिए । चेकजाँचका क्रममा रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले अराजक शैलीमा फेसबूक स्टाटस लेखेका थिए ।

बालेनले ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु ।

याद राख चोर सरकार,’ लेखेका थिए । अहिले बालेनको पेजमा स्टाटस देखिँदैन । उनले स्टाटस हटाए पनि यसबारे कुनै आधिकारिक जानकारी दिएका छैनन् उनी मोहन रहेका छन ।