खोलाले बगाउदा दाजुबहिनीको मृत्यु

१८ भाद्र २०८०, सोमबार ११:३५


काठमाडौ, १८ भदौ– पश्चिम रूकुममा खोलाले बगाउदा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका-६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षिया छोरी भावना बुढाथोकी रहेकी प्रहरीले जानकारी दिएको छ ।

आइतबार बेलुकी बिद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन ।

दुवैको शव डेढ सय मिटर तल फेला परेको उनले जानकारी दिएका छन