एमाले लुम्बिनी प्रदेशको अधिवेशनको बन्द सत्रमा प्रतिवेदन पेस

१७ भाद्र २०८०, आईतवार ११:०३

काठमाडौं,१७ भदौं– नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनको बन्द सत्रमा प्रतिवेदन पेस भएको छ।

बन्द सत्रका प्रदेश कमिटीको तर्फबाट तयार भएको प्रतिवेदन पेस भएको छ भने अध्यक्ष मण्डलको गठन भएको छ । प्रदेश प्रचार विभागका अध्यक्ष डिआर घिमिरेका अनुसार प्रतिवेदन पेस भएपछि पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालको संयोजकत्वमा अध्यक्ष मण्डलको गठन भएको छ ।

अध्यक्ष मण्डलमा स्थायी कमिटीबाट काशिराज अधिकारी, दलबहादुर राना पोलिटब्युरो सदस्यबाट सूर्य थापा, नरुलाल चौधरी, शान्ता चौधरी केन्द्रीय सदस्यबाट साबित्रा अर्याल र सरिता खनाल सदस्य रहेका छन् ।

आज पेस भएको प्रतिवेदनमाथि आज पहिलो चरणमा समूहगत छलफलपछि पास गरिने र बल्ल निर्वाचन प्रक्रियामा अगाडि बढ्ने कार्यक्रम रहेको छ ।