नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक आफ्नो अन्य कुनै उद्देश्य नभएको प्रधानमन्त्री प्रचण्डको दाबी

१६ भाद्र २०८०, शनिबार ११:२४

काठमाडौं, १६ भदौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी विषेश रुपान्तरण अभियानको उद्घाटन गरेका छन् ।

अभियानको उद्घाटन गर्दै संघर्ष र आन्दोलनभन्दा पर आफ्नो जिवन नरहेको बताएका उनले अब नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक आफ्नो अन्य कुनै उद्देश्य नभएको दाबी गरे ।