बढ्दै ‘सुगर रिलेसनशिप’ को ट्रेन्ड

१५ भाद्र २०८०, शुक्रबार १७:२०

पछिल्लो समय कम उमेर समूहका युवतीहरू आफूभन्दा पाको उमेरका अझ भनौँ उमेर छिप्पिइसकेका र निश्चित स्ट्याटस बनाइसकेका पुरुषसँग सम्बन्ध गाँस्न चाहन्छन् ।

उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्तासमेत गर्ने गर्छन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर बेबी र पुरुषलाई सुगर ड्याडी भन्ने गरिन्छ ।

उनीहरूको सम्बन्ध केवल ‘लेनदेन’मा मात्र सीमित हुन्छ । सुगर ड्याडीले ती युवतीहरूका लागि ट्युसन फी, पकेट खर्च र मोज मस्तीको व्यवस्था गर्छन्, त्यसबापत ती युवतीहरू ती पुरुषसँग रोमान्स गर्छन् । छोराछोरी र श्रीमतीसमेत भएका ती धनाढ्यले कलेज पढिरहेका ती युवतीलाई विभिन्न सुविधासहित बेग्ला–बेग्लै फ्ल्याटमा राखेका हुन्छन् ।

अमेरिका, अस्ट्रेलिया र बेलायतजस्ता विकसित देशमा लाखौँ मानिस यस्तो सम्बन्धमा बस्ने गरेका छन् । यस सम्बन्धलाई वेश्यावृत्तिको संज्ञा भने दिइँदैन । पश्चिमा देशहरूमा सामान्य जस्तो बनेको यो सम्बन्ध पछिल्लो समय एसियाका देशहरूमा समेत देखिन थालेको छ ।यस्तो सम्बन्धमा २५ देखि ३० वर्ष उमेरका युवतीहरूले ४५ देखि ५० वर्ष उमेरका पुरुषसँग सम्बन्ध कायम गर्छन् ।

बढी उमेरका धनी मानिससँग सम्झौता गरी युवतीहरूले इन्टिमेसीका लागि पैसा लिने गरेका छन् । यो सम्बन्ध बिहेमा परिणत हुँदैन र कलिला युवतीहरू आफ्नो मर्जी मुताबिक बिहेका लागि स्वतन्त्र रहन्छन् ।

धेरै देशमा युवतीहरू पढाइ पूरा गर्न वा आफ्नो पालनपोषणका लागि यस्तो सम्बन्ध बनाउँछन् । सुरक्षित केटीहरूले आफूभन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरूलाई सुरक्षित महसुस हुन्छ ।

पाको उमेरका पुरुषहरू आर्थिक रूपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरूमा जीवनको अनुभव पनि धेरै हुन्छ । समझदारी महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ ।

महिलाहरूको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरूलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरूलाई पाका उमेरका पुरुष चाहिन्छ । दुनियाँको ज्ञान पाको उमेरका पुरुषमा बाहिरी दुनियाँको ज्ञान बढी हुन्छ ।

कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरू । खासगरी कम उमेरका पुरुषहरू चञ्चल हुने र भेटेसम्म अन्य केटीहरूलाई हेरि हाल्ने डर महिलामा हुन्छ ।उनीहरू चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् भनेर पाको उमेरका पुरुष छान्छन् ।

पाका पुरुषले आफ्नी पार्टनरलाई खुसी राख्न हरतरहले प्रयास गरिरहन्छन् । घर्कँदो उमेरमा सहाराको रुपमा रहेकी पार्टनरलाई खुसी राख्नु उनीहरूको एक मात्र ध्येय रहन्छ । उनीहरू एक किसिमले निवृत्त जस्तो हुने भएकाले जागिरमा उतिसारो समय बिताउनु पर्दैन जसका कारण उनीहरूले पार्टनरलाई धेरै समय दिन सक्छन् । जबकि युवाहरू जागिरमा जानुपर्ने र करिअरको समेत चिन्ता हुने भएकाले पार्टनरलाई उतिसारो समय दिन सक्दैनन् । त्यसैले पनि युवतीहरूको रोजाइमा पाका उमेरका पुरुष पर्छन् ।

नेपालमा समेत छिटपुट रूपमा देखिन थालेको ‘सुगर ड्याडी’को प्रचलनका पछाडि आर्थिक रूपमा कमजोर युवतीहरू बढी सक्रिय रहेको बताइन्छ । कमजोर आर्थिक अवस्थाका कारण कलेजको शुल्क तिर्न, आफ्नो दैनिक व्यवहार चलाउन तथा हाइफाई जीवनका आवश्यकता पूर्ति गर्ने क्रममा युवतीहरू यस्तो सम्बन्धका लागि तयार देखिन्छन् ।

पछिल्लो समय नेपालमा बनेका चलचित्रहरूमा राखिएका दृश्यहरूबाट पनि यो कुरा पुष्टि हुन्छ । युवायुवतीहरूले नाइट क्लब तथा सामाजिक सञ्जालमार्फत त्यस्ता पुरुष वा महिलाको पहिचान गरेर चिनजान गर्ने र सम्बन्ध अगाडी बढाउने गरेका छन् ।