काठमाडौँ, १५ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा (एकिकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकाले चीन घेर्ने र ध्वस्त गर्ने केन्द्रका रूपमा नेपाल बनाएको दाबी गरेका छन ।
आज (शुक्रवार) शान्तिका लागि अन्तर्राष्ट्रिय ट्रेड युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन ।
त्यसका लागि अमेरिकाले नेपालका पार्टीहरूमा दलालहरू खडा गरेको दाबी गरेको उनले आरोप लगाएका छन । खनालले एमसीसीमार्फत अमेरिकाले नेपाललाई इन्डोप्यासिक अङ्गको रूपमा विकास गर्न लागिरहेको समेत दाबी गरेका छन ।
उनले भने, ‘अमेरिकी साम्राज्यवादको विश्व रणनीतिको केन्द्रबिन्दु चीन घेर्ने र ध्वस्त गर्ने हो । यो विश्व रणनीतिका निम्ति उसलाई काम लाग्ने सबैभन्दा आवश्यक ठाउँ नेपाल पर्योस, ‘नेपाल परेकाले उसले लामो समयदेखि भित्री ढङ्गले यहाँ दलाल खडा गर्ने काम गर्योढ ।
चाहे त्यो कांग्रेस वा कम्युनिस्ट जुनसुकै पार्टीभित्र दलाल खडा गर्ने र आफ्ना इन्ट्रेस्टहरूलाई पुरा गर्ने गराउने कामहरू अमेरिकी साम्राज्यवाद लाग्दै आयो ।’
नेता खनालले सोही योजनाअनुसार नेपालमा एमसीसी योजना ल्याएको भन्दै आफू प्रधानमन्त्री हुँदा पनि नेपाललाई के के सहयोग गन सकिन्छ भनेर अमेरिकीहरूले सोधखोज गरेको खुलाएका छन ।
उनले आफु प्रधानमन्त्री भएका बेला पनि अमेरिकाले यस्ता थुप्रै प्रस्ताव हरु गरेको तर आफुले त्यस्ता प्रस्ताव हरु देश र जनताका पक्षकमा नरहेको भन्दै अस्विकार गरेको बताएका छन ।
