सेटिङबिना क्वीन्टका क्वीन्टल सुन भित्रिन सम्भव छैन: प्रधानमन्त्री प्रचण्ड

१५ भाद्र २०८०, शुक्रबार १६:४१


काठमाडौँ, १५ भदौ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेटिङबिना नेपालमा क्वीन्टल का क्वीन्टल सुन भित्रिन नस्कने बताएका छन ।

उनले यस प्रकरणमा पक्कै पनि ठुलाहरुकै मिलिमहत्व र सहभागीता रहेको बताएका छन । प्रचण्डले विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन तस्करी हुने थाहा पाएपछि सरकारले कारबाही गरेको पनि बताएका छन ।

आज (शुक्रबार) समाजवादी मोर्चाले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

उनले सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले सरकारले तत्कारीमाथि अंकुश लगाएको बताएका छन ।

उनले भने, ‘नेपालको विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन भित्रिँदो रहेछ । त्यतिधेरै सुन सेटिङबीना भित्रिन सम्भव छैन, ‘ठूलो मात्रामा विमानस्थलबाट सुन तस्करी भएको थाहा पाएपछि सरकारले कारबाही गरेको हो ।

सुन तस्करी नरोकेसम्म अर्थतन्त्र बलियो हुने छैन ।’ उनले सुशासनको पक्षमा सरकार कडा ढंगले अगाडि बढ्ने पनि बताएका छन ।

उनले नक्कली शरणार्थी, ललिता निवास, सुन प्रकरण, मिटरब्याज समस्या हल गरी सरकारले सुशासन कायम गरी छाड्ने पनि बताएका छन ।