काठमाडौँ, १५ भदौ– बुटवलमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राप्ति गाउँपालिका घर भई बुटवलमा बस्ने २२ वर्षीय डोलराज बुढामगर रहेका छन ।
विद्युतको पुरानो तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका बुढामगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
बुढामगरलाई बुटवल उपमहानगरपालिका–९ स्थित सिद्धार्थ इन्टरनेशनल कलेज नजिकै विद्युतको पोलको पुरानो तार हटाउने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि बुटवलको कालिकानगरस्थित चौराहा हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डिएसपी) दानबहादुर थापाले जानकारी दिएका छन ।
