काठमाडौं, १५ भदौं– लेक लागि बिरामी भएकी महिलाको संयुक्त सुरक्षा टोलीले उद्धार गरेको छ ।
जिल्ला सोलुखुम्बु, सोलु दुधकुण्ड न.पा. वडा नं.०१ स्थित ४६०० मि. उचाईमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ठुलो दुधकुण्ड नजिकै लेक लागि बिरामी भएकी यात्रीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र नेपाली सेनाको दुर्गाबक्स गण, सुरक्षा गुल्म सल्लेरीबाट खटिएको सुरक्षाकर्मीहरूको संयुक्त टोलीले उद्धार गरेको हो ।

