भारतमा खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डरको मूल्य २ सय भारु घट्यो

१५ भाद्र २०८०, शुक्रबार १०:२१

काठमाडौं, १५ भदौं– भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डरको मूल्यप्रति सिलिन्डर २ सय भारु घटाएको छ ।

बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीबार (हिजो) आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए ।

अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिन्डर ९०३ भारतीय रुपियाँमा उपलब्ध हुनेछ । यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ ।