काठमाडौ, १४ भदौ– नेकपा माओवादी केन्द्रका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन ।
आज (बिहीवार) नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किराँती यस्तो बताएका हुन । उनले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको ।
उनले भ्रष्टाचार, अशिक्षा र गरिबी देशको साझा शत्रु भएको उल्लेख गर्दै उहाँले यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने बताएका छन । उनले यसको निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने पनि बताएका छन ।
उनले सो राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहालले नै गर्नुपर्ने बताएका छन । मन्त्री किराँतीले राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्नसक्ने बताएका छन ।
