भक्तपुरको चारदोबाटोमा रोकेर राखेको बसमा आगजनी

१४ भाद्र २०८०, बिहीबार १४:५०


काठमाडौ, १४ भदौ– भक्तपुरको चारदोबाटोमा रोकेर राखेको एक बसमा आगोलागी भएको छ । आज (बिहीबार) बिहान ३ बजेतिर पार्किङ गरेर राखिएको बा ४ ख ६६६९ नम्बरको बसमा आगजनी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकले जानकारी दिएका छन ।

कमलबिनायक हुँदै रत्नपार्क चलने ख्वप प्रालिको बसमा आगजानी गर्नेहरु विरुद्ध अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिएका छन ।

प्रहरीले दमकलको सहयोगमा बसमा लागेको आगो निभाएको उनले बताएका छन । आगोजनी गर्ने हरुकोे खोजी कार्य तिव्र पारीएको उनले बताएका छन ।