एमाले नेताहरुसंगै माधव नेपाल पनि पुगे फिल्म हेर्न

१४ भाद्र २०८०, बिहीबार १४:५०

काठमाडौं, १४ भदौं– नेकपा एमाले नेता रघुजी पन्त र नेकपा (एस) का अध्यक्ष माधव नेपाल र अकौ नेता एवम् पूर्वमन्त्री प्रेम आलेले संगै फिल्म ‘ऐंचोपैंचो’ को प्रिमियरमा सभागीता जनाएका छन् ।

उनीहरु देखि अन्य सेलिब्रेटीले रिलिजको पूर्वसन्ध्यामा फिल्म ‘ऐंचोपैंचो’ को प्रिमियर सहभागी रहे भएका हुन् । यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कांग्रेस सांसद प्रदीप पौडेल र एमाले सांसद महेश बस्नेत पनि फिल्म हेर्न पुगेका थिए ।

निर्देशक कृषा चौलागाईं, अभिनेत्रीहरु स्वस्तिमा खड्का, वर्षा राउत लगायत कास्ट एण्ड क्रिउ प्रिमियरमा उपस्थित रहे । निर्देशक शोभित बस्नेतले ‘ऐंचो पैंचो’को कथावस्तुले नेतालाई दुःखी र आफ्नो पीडा दर्शाएकोमा जनतालाई खुसी बनाउने बताए । राजनीतिज्ञले फिल्म हेर्नुपर्ने उनको सुझाव छ ।