गायक मोतिराज खनाल र सबिन खड्काको २०८० को तीज गीत सार्वजनिक

१४ भाद्र २०८०, बिहीबार ११:५०

काठमाडौं, १४ भदौं– गायक तथा कलाकार मोतिराज खनाल र सबिन खड्काको २०८० को तीज गीत सार्वजनिक भएको छ ।

निकै मार्मिक र मर्म स्पर्सि तिज गीत मोतिराज खनाल अफिसियल युटुवबाट सार्वजनिक भएको हो । गायक खनालकै शब्द तथा गीता पराजुली खनालको संगित रहेको तीज गीत “सम्झनाले हो” मा गायक मोतिराज खनाल, छत्र शाही र भुमिका बयक आवाज रहेको छ ।

छाडा र उत्ताउला गीतले तीजलाइ नै खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला खनालले भने तीजको झल्को मेटिने गरी गाउँ घरमा आमा, हजुरआमाहरुले घन्काउने लोक भाकालाइ टपक्क टिपेर निकै मार्मिक र रोमान्चक चुड्का बनाएर अत्यन्त रमाइलो र मार्मिक तीजगीत म्युजिक भिडियो सहित बजारमा ल्याएका छन ।

म्युजिक भिडियोमा शिवजी क्षत्री र आरुशी मगरको नृत्यले दर्शकको मन जित्न सफल भएको छ । भने अभिनय तर्फ सबिन खड्का प्रदिप खड्का र स्मिति हमालको दमदार प्रस्तुतिले बेलाबेला दर्शकलालाई भावविहल बनाएको छ आमा नहुँदा तीजमा माइत जादा चेलीलाई कति पिडा हुन्छ भन्ने कुरा कलाकारहरुले गीत मार्फत प्रस्तुत गरेका छन ।

शिबजी क्षत्रीको निर्देशन तथा कोरियोग्राफर रहेको यस गीतको छायाङ्कन दुर्गा श्रेष्ठले गरेका हुन भने एरेन्ज मिक्सिङ र रेकर्डिस्ट रुबिन मगरको रहेको छ । यो गीत मन्जरी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।