नेपाललाई तेस्रो सफलता, रिजवान ४४ रनमा आउट

१३ भाद्र २०८०, बुधबार १७:१५

काठमाडौ, १३ भदौ– एसियाकप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।

मुल्तान स्टेडियममा भएको टस हारेर बलिङ गरेको नेपालले मोहमद रिजवानको रुपमा तेस्रो विकेट लिएको हो ।

रिजवान सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् ।