काठमाडौँ, १३ भदौ– आज बुधबारबाट सुरु भएको एसिया कप–२०२३ को पहिलो खेलमा अहिले क्रिकेटको महारथी राष्ट्र पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ जारी राखेको छ ।
मुल्तान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको पाकिस्तानले मध्ययम प्रदर्शन गर्दै १ सय रन पुरा गर्न सफल भएको छ । पाकिस्तानले ताजा अवस्थामा २२ ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको छ ।
अहिले पाकिस्तानको क्रिजमा बाबर अजाम र मोह्मद रिजवान रहेका छन । जसमा रिजवान ३६ र अजाम ४१ रन बनाएका छन । जारी खेलमा नेपालका लागी करण केसी र सोमपाल कामीले समान एक एक विकेट लिएका छन ।
