एमाले नेताहरु चढेको जहाज जनकपुरमा अवतरण हुन नसकेर काठमाडौ फर्कियो

१३ भाद्र २०८०, बुधबार १३:२८


काठमाडौ, १३ भदौ– प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि काठमाडौमा नै फर्किएको छ ।

सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोरा र विष्णु पौडेलसहित नेता जनकपुरका लागी उडेका थिए ।

जहाजमा प्राविधिक समस्या आएका कारण काठमाडौँ फर्किएको उपाध्यक्ष नेम्वाङले जानकारी दिएका छन । उनले अर्को जहाज व्यवस्था गरेर फेरि जनकपुर जान लागिएको जानकारी दिएका छन ।

जहाज २३ मिनेट आकाशमा उडेपछि फर्किएको उनले जानकारी दिएका छन । एमाले सचिवायल बैठक सिरहाको विष्णुपुरकट्टीमा बस्दै छ ।