काठमाडौ, १३ भदौ– काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेनले) नेपाली राष्ट्रिय क्रिकेट टिमलाई एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्न लागेकोमा बधाई दिएका छन ।
साथै उनले सफलताको शुभकामना दिएका छन् । टीभीमा सोएब अख्तर, शाहीद अफ्रिदी, बाबर आजम, शाहीन अफ्रिदीहरुको खेल हेरेर रमाइने गरेको स्मरण गर्दै उनले तिनै खेलाडीसँग नेपाली खेलाडीले खेल्दै गरेको सपना आज पूरा हुने पनि विश्वास व्यक्त गरेका छन ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘विश्वकप विजेताहरुको देश र वरीयतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सधैँ रोमाञ्चकता दिन्थ्यो ।
सोचिन्थ्यो, नेपाली टोलीले पनि यिनै खेलाडीहरु खेल्दा कस्तो हुन्थ्यो ! अफ्रिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होलान् ! सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला !
सन्दीपले रिजवानलाइ कसरी स्पिनमा नचाउँछ होलान् ! “यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधैँ मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदै छ ।
