काठमाण्डौ, १२ भदौ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकार सँग यस्तो माग गरेका हुन । उनले बिजुलीको महशुल असुली गर्न नसकेकाले उनलाई तत्काल निलम्बन गरी कारबाहीको माग गरेका छन ।
डिकेटेड ट्रंक लाईनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरुसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप उनले लगाएका छन ।
उनले भने, ‘बिजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कूलमान घिसिङलाई तत्काल निलम्बन गरी कारबाही गर्न जरुरी छ’ ।
