काठमाडौ, ११ भदौ– क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले विद्यामान संविधान खारेज गर्न माग गरेका छन ।
आज (सोमबार) राजधानीमा आयोजिक कार्यक्रममा बोल्दै २०७२ को संविधान समाजवाद उन्मुख नरहेको जिकिर गर्दै खारेज गर्नु पर्ने बताएका छन ।
उनले यो संविधान जनमुखी र जनताको प्रतिनिधिले बनाएको संविधान नभएको पनि बताएका छन । उनले भने, ‘सर्वप्रथम विद्यामान संविधान खारेज गर्नुपर्छ ।
यो संविधान समाजवाद उन्मुख र जनपक्षीय छैन । यो नेपाली जनप्रतिनिधिले बनाएको संविधान पनि होइन’ अमेरिकी साम्राज्यवाद र युरोपीयन युनियनहरूका एजेन्टहरूले बनाएको संविधान भएकाले यसलाई खारेज गर्नुपर्छ ।’
कार्यक्रममा उनले राष्ट्रघाती एमसीसी सबै नेपाली जनता मिलेर खारेज गर्नुपर्ने पनि बताएका छन । उनले दलका नेताहरूले बाहिर एमसीसीको विरोध गरेपनि संसद्का टेबुल ठटाएर अनुमोदन गरेको बताएका छन ।
उनले माओवादीले जनयुद्ध नलडेको भए आज कुनै पनि कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट भएर बस्न नसक्ने बताएका छन ।
