बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोज्दै छन: हर्क साम्पाङ

११ भाद्र २०८०, सोमबार १५:२८


काठमाडौ, ११ भदौ– धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ ले आफु सबै धर्मलाइ बराबर ठान्ने र उचित सम्मान दिने गरेको बताएका छन ।

आज (सोमबार) उनले सामाजिक संजालमार्फत यस्तो बताएका हुन ।उनले स्टाटसमा ‘तिमि र म मा फरक’ भन्दै लेखेका छन्, ‘तिमी एउटा धर्मलाई प्रधानता दिन्छौ र अरु धर्मलाई कुल्चन खोज्छौ ।

म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु।’ उनले बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोजेको आरोपसमेत लगाएका छन ।

उनी अगाडी लेखेका छन्, ‘तिमी बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोज्छौ। म बाहिरका मान्छेलाई आकर्षित गरेर नगरकै बिकासमा श्रमदान गराउँछु ।’

केही दिनदेखि धरानमा समाजिक सद्भावमा खलल पुग्ने अवस्था आएपछि जिल्ला प्रशासनले शुक्रबार २४ घन्टे निषेधाज्ञा जारी गरेको थियो। जुन शनिबार राति १२ बजेबाट सकिएपछि धरान अहिले शान्त र सामान्य दैनिकीमा फर्किएको छ।