ब्राउनसुगरसहित झापामा ३ जना पक्राउ

११ भाद्र २०८०, सोमबार १३:२७

झापा, ११ भदौ– प्रहरीले प्रतिबन्धित लागुऔषध सहित झापाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका–१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिका –७ बस्ने वर्ष २७ को बिनोद लिम्बु र झापा गौरादह नगरपालिका– ४ बस्ने वर्ष २५ को सन्देश लिम्बु रहेका छन ।

उनीहरुको साथबाट ब्राउन सुगर ४४ ग्राम २८० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन ।

झापा गाउँपालिका–१ बेलायतीबारी स्थित ईलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।

शंका लागेर जाँच गर्दा मोटरसाइकलको एयर फिल्टर भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागुऔषध फेला परेकोले रिजालले जानकारी दिएका छन । उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।