चीनमा २४ घण्टामै एक महिना बराबरको वर्षा, बाढीको वितण्डा

११ भाद्र २०८०, सोमबार ११:२८

काठमाडौं, ११ भदौ– चीनमा यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको प्रकोप देखिएको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि बाढीले वितण्डा मच्चाएको छ ।

जानकारहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नुप्रने देखिन्छ ।’

आफू बसेको क्षेत्रमा ३८ वर्षको यो उमेरसम्म पहिलोपटक बाढी देखेको झाङ झन्ह्वा बताउँछन् । ‘बाढीले हाम्रो धानबाली पूरै नष्ट गर्‍यो । चार दशकको यस अवधिसम्म मैले पहिलोपटक बाढी देखेको हुँ’, उनले भने ।

बाढीका कारण त्यहाँ कुनै मानवीय क्षति भने हुन पाएन । वुनचाङ क्षेत्रका बासिन्दालाई पहिले नै सतर्क हुन भनिएको थियो । उनीहरु समथर भूभागबाट उचाइतर्फ स्थानान्तरण भएका थिए ।