धोबीखोला करिडोरमा महानगरको डोजर, ३ घर भत्काइयो

१० भाद्र २०८०, आईतवार १८:५६

काठमाडौँ, १० भदौ– काठमाडौं महानगरपालिका–१० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै काठमाडौ महानगरपालिकाले ३ वटा घरमा डोजर चलाएको छ ।

नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिएका छन ।

उनले भने, ‘आज पहिलो चरणमा नक्सा हेरेर भत्काएका छौं, अन्य घरहरुले पनि सार्वजनिक जग्गा मिचेको सूचना छ, वडा कार्यालयमा नक्सा हेरेर थप कारबाही अगाडि बढाउँछौं’ ।