काठमाडौँ, १० भदौ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
पेशीको सूचीमा पाँचौ नम्बरमा रहेको मुद्दालाई समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका छन । यसअघि पनि विभिन्न बहाना गरेर मुद्दाको फैसला पछि धकेलिँदै आएको छ ।
सन्दीपले एसिया कपअगाडि मुद्दाको फैसला होस भन्ने चाहेका थिए । तर आज पनि मुद्दाको सुनुवाइ सुरु हुन नसकेपछि एसिया कपअघि फैसला आउने सम्भावना कमजोर भएको छ ।
अर्को पेशीको मिति आजै तोकिने छ । मुद्दाको फैसला आउने अपेक्षा अदालत परिसरमा भिडभाड भएको थियो । बहस स्थगनको सूचना आएपछि सन्दीपका समर्थक निराश भएर फर्किएका छन ।
