काठमाडौँ, १० भदौ– काठमाडौं महानगरपालिकाले ढुसी परेको कोक बेच्नेलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
केही दिनअघि काठमाडौँको भृकुटी मण्डपमा एउटा कोकाकोलामा ढुसी लागेको भेटिएपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो ।
१ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको पत्र काटेको महानगरका निरीक्षण अधिकृत डा अवधेश झाले जानकारी दिएका छन ।
कोकाकोलामा चिनी, पानी र कार्बनडाइअक्साइड हुने भए पनि निरीक्षण गर्दा भेटिएको कोकमा कार्बनडाइअक्साइ उडिसकेकोले ढुसी लागेको उनले जानकारी दिएका छन ।
उनले कोकाकोला लिकेज हुँदा ढुसी लागेको बताएका छन । खाद्य पदार्थ देखिएका उत्पादन तुरुन्तै फिर्ता लिन, सिलबन्दी राम्रो नभएको बोतल कम्पानीबाटै रिजेक्ट हुनुपर्ने, डिस्ट्युब्युटरबाट रिटेलरमा सामाग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउन महानगरले निर्देशन गरेको छ ।
उत्पादन गर्दा भन्दा पनि वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको उनले जानकारी दिएका छन ।
