काठमाडौँ, १० भदौ– प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका बाट ३ जनालाई गाई काटेको आरोपमा पक्राउ गरेको छ ।
शुक्लागण्डकी नगरपालिका– ६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
