ललितपुर जिल्लामा अन्यदल त्यागेर ३०० जना माओवादी केन्द्रमा प्रवेश

१० भाद्र २०८०, आईतवार १४:२३


काठमाडौँ, १० भदौ– ललितपुरमा विभिन्न पार्टी परित्याग गरि ३०० जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

ललितपुरको महालक्ष्मीस्थानस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा गृहमन्त्रीसमेत रहेका केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उनीहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।

ललितपुर जिल्ला संयोजक शिव कट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराइएको हो । विप्लव नेतृत्वको नेकपामा रहेका श्याम बज्राचार्यको नेतृत्वमा रोशन महर्जन,

संसारलाल वैद्य, शुकबहादुर देउला, नविन महर्जनलगायतका करिब ३०० जनाले पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा विप्लव नेतृत्वको नेकपाबाहेक अन्य दलका नेता तथा कार्यकर्ता पछि छन् ।