काठमाडौँ,१० भदौ– केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सञ्चार सचिव कृष्णबहादुर राउतविरुद्ध ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय गरेको छ ।
सीआईबीले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो ।
राउतसमेतलाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि पठाइएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि न्यैपानेले जानकारी दिएका छन ।
यस्तै दाङका प्रमुख जिल्ला अधिकारीसमेत रहेका सहसचिव वैद्यलाई पनि प्रतिवादी बनाइएको छ । यो प्रकरणमा २९० जना प्रतिवादी कायम गरेर मुद्दा पठाइएको न्यौपानेले जानकारी दिएका छन ।
