ड्युटीमा खटिएका इन्स्पेक्टरमाथि बन्चरो प्रहार, ३ जना पक्राउ

८ भाद्र २०८०, शुक्रबार १४:१९

काठमाडौँ, ८ भदौ– प्रहरीले ड्यूटीमा खटिएका प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गरेको अभियोगमा प्रहरीले तीन जनालाई गरेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३३ वर्षीय लक्ष्मण टुडु र ३२ वर्षीय बिकाश भन्ने अरूण तामाङ रहेका छन् ।

उनीहरूलले शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरी घाइते बनाएका प्रहरीले जानकारी दिएको छ ।

घाइते भएका प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको प्रहरीले बताएको छ ।

घाइते बनाउको अभियोगमा बिहीबार बिहीबार साँझ प्रहरीले तीन जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।