माछा मार्ने क्रममा कुलाले बगाउँदा एक महिलाको मृत्यु

८ भाद्र २०८०, शुक्रबार १३:३९


कपिलवस्तु, ८ भदौ– कपिलवस्तुमा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५० वर्षीया गुड्डी थारु रहेकी छन ।

वाणगङ्गा नगरपालिका–८ ढोडेकालेस्थित वाणगङ्गा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलाले बिहीबार बिहानको समयमा कुलोमा माछा मार्ने क्रममा बगाएको थियो । उनको शव झण्डै एक किलोमिटर तल फेला परेको हो ।

शव परीक्षण गरी परिवारको जिम्मा लगाइएकोे र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।