विद्युत प्राधिकरणको कार्यालय बनस्थलीमा आगलागी

८ भाद्र २०८०, शुक्रबार १२:३२

काठमाडौं, ८ भदौ– नेपाल विद्युत प्राधिकरणको कार्यालय बनस्थलीमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।

काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ । काठमाडौं महानगरपालिकाका एसपी विष्णु जोशीले एक घण्टापछि आगो नियन्त्रणमा आएको बताए ।

आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । विद्युत सर्ट भएर आगलागी भएको भनाई छ ।