मलाई गोली हान्न सक्छन्: केपी ओली

७ भाद्र २०८०, बिहीबार १७:३८

काठमाडौ, ७ भदौ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फसाउन विरोधीहरूले माकुराको जालो बुनिरहेको बताएका छन ।

आज (बिहीबार) एमालेनिकट भूपू सैनिक–प्रहरी संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले ‘माकुराको जालोमा भैंसी’ नपर्ने पनि बताएका छन ।

उनले भने, ‘म प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, गृहमन्त्री हुँदा कतै नचिप्लियोस् भनेर कानुन पल्टाइ–पल्टाइ फैसला–निर्णय गरेको छु। त्यसकारण यिनीहरूका इच्छाले केही हुँदैन, ‘माकुराको जालोमा भैंसी पर्दैन, यिनीहरूले बुझ्नुपर्छ।

यिनीहरू माकुराको जालो बनाएर हिँड्छन्, केपी ओलीलाई पार्न। केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ ’ उनले आफूलाई कसैले गोली हान्न सक्ने बताएका छन ।

उनले यसमा आपत्ति नभएको पनि बताएका छन । उनले भने, ‘मलाई … पहिले पञ्चायतकालमा हुँदै नभएका कुरामा दस वर्ष कैद गर्योु। दस वर्ष पूरा भएपछि ४ वर्ष यसै थुन्यो।

म १४ वर्ष जेल बसें, ‘त्यस्तै गर्ने हो भने बेग्लै कुरा, झूटैमा जाने हो भने बेग्लै कुरा, तर कानुनले केपी ओलीलाई हत्कडी लगाउने कुनै ठाउँ छैन। केपी ओलीले राख्दै राख्दैन।

किन केपी ओली ढुक्कले बोल्छ ? यसकारण कि, मलाई थाहा छ, विरोधीहरू छन्, तिनले पाएसम्म न्यायका विरूद्ध, सत्यका विरूद्ध …,जो सत्यसँग द्रोह गर्ने मानिस हुन्छ, तिनले सत्यका विरूद्ध काम गर्छन्। त्यस्ता तत्त्व छन्।

तिनीहरू आइलाग्न सक्छन्। म कानुनी रूपमा पनि सतर्क छु तिनीहरूसँग। एक शब्द कतै नचिप्लियोस् भनेर,’ । उनले सामाजिक सञ्जाल अमर्यादित बन्दै गएको पनि बताएका छन ।

उनले भने, ‘सामाजिक सञ्जाल खोलर हेर्नुस् त, के बोलेको हुन्छ त्यहाँरु के हो त्योरु के पढाइँदै छ हाम्रा केटाकेटीहरूलाईरु बुद्धिजीवीमात्र होइन, बुढा वकिलहरू, निराधार … फेसबुकको हिरो हुनका लागि बोल्छन्। देखिराखेका छौं हामीले कोही–कोही मानिसहरू।। बुढा विद्वानहरू, अस्ति एउटा प्रहरीको पूर्वअफिसर बोल्दै गरेको देखेको थिएँ, मेरै नाम लिएर ।’