‘एक भगवत् गीता’को ‘मायालाई चिनो’ गीतमा गज्जब सुहायो धिरज र सुहानाको जोडी

७ भाद्र २०८०, बिहीबार १७:२१

भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘एक भगवत् गीता’मा समावेश ‘मायालाई चिनो’ बोलको गीत आज सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर तथा संगीतमा तयार भएको यो गीतमा शंकर अधिकारी ‘घायल’को शब्द छ ।

सुनिल कुमार थापा प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्मको उक्त गीतमा नायक धिरज मगर र नायिका सुहाना थापाको केमेष्ट्री देख्न सकिन्छ । झरना थापाको कथामा तयार भएको यो फिल्ममा झरना थापा, सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुंगेलको पटकथा छ ।

फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा हिमाल केसीको एक्सन, शंकल्प भुजेलको छायांकन छ । सार्वजनिक गीतको भिडियोमा सुहाना र धिरज एक अर्काको मायामा परेको देखिन्छ । भिडियोको लागि रोजिएका दृश्यहरु पनि मनमोहक छन् ।

टिजर र फस्टलुकपछि निर्माणपक्षले यो गीत सार्वजनिक गरेको हो । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।