भिसा रद्द गरिदिएर फसाउन खोजीयो: गायिका समीक्षा अधिकारी

७ भाद्र २०८०, बिहीबार १६:३३


काठमाडौ, ७ भदौ– गायिका समीक्षा अधिकारीले फेरि आफ्नो बदनाम गर्न खोजिएको बताएकी छन । अस्ट्रेलियाले आफ्नो भिसा रद्द गरिदिएको भन्ने समाचारको खण्डन गर्दै उनले यस्तो बताएकी हुन ।

उनले अँध्यारो छिचोलेर अगाडि बढ्न खोज्दा फेरि बदनाम गर्न खोजिएको बताएकी छन । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्ना विषयमा आएको समाचारबाट आफै आश्चर्य चकित भएको समेत पनि बताएकी छन् ।

उनले लेखेकी छन, ‘आज सामाजिक सञ्जालमा मेरो बारेमा आएका न्युजहरू हेरेर म आफै आश्चर्य चकित भएकी छु , ‘हुन त मैले यो भन्दा ठुलो प्रहारहरु खपिसकेकी छु ।

तै पनि आज सामाजिक सञ्जालमा आएको कुराले म अस्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजुभाइ दिदी बहिनीहरूलाई सोध्न चाहन्छु यहाँ निर मेरो गल्ती के भयो ।’

एउटा उमेर पुगेको मान्छे अस्ट्रेलिया नियम परिधिभित्र रहेर आफ्नो बसाई अस्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रूपले अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो ?’ ।

उनले आफ्नो भिसाको निवेदनको स्थितिमा फाइनान्सको केहि डकुमेन्ट थप गर्नुपर्ने भएको र त्यो आफूले पठाएको समेत बताएकी छन ।