काठमाडौ, ७ भदौ– रुपन्देहीको रोहिणी गाउँपालिका–४ की वडा सदस्य विद्यादेवी धवलको निधन भएको शोकमा गाउँपालिकाले आज बिदा दिइएको छ ।
रोहिणी गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरूमा बिहीबार एक दिनका लागि शोक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिएका छन ।
मुटुसम्बन्धी रोगबाट पीडित भई उपचार गराइरहेकी ५३ वर्षीया धवलको बुधबार राति रोहिणी–४ स्थित आफ्नै घरमा निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर क्षेत्रीले बताएका छन ।
धवल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दोस्रो पटक वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।
