सर्वोच्च अदालतको गेटमा अनसन बस्न पुगेका युवक पक्राउ

७ भाद्र २०८०, बिहीबार १३:१९


काठमाडौ, ७ भदौ– प्रहरीले सर्वाेच्च अदालतको गेटमा अनसन बस्न गएका एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देव शर्मालाई रहेका छन ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै शर्माले सर्वोच्चमा रिट दर्ता गराउन चाहेका थिए । तर, सर्वोच्चले उनको रिट दर्ता गरेन ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको रिट भने दर्ता भएको भन्दै विभेदविरुद्ध शर्मा अनसन बस्न सर्वोच्च अदालतको भेटमा पुगेका थिए । सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।