काठमाडौ, ७ भदौ– अभिनेत एवं निर्देशक दीपक राज गिरीले दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिँदै उनलाई आफ्नो जीवनको उत्कृष्ट साथी भएको बताएका छन ।
आज (बिहीबार) बिहान सामाजिक सञ्जाल फेसबुकमा जन्मदिनको कविता पोस्ट गर्दै उनले यस्तो बताएका हुन । उनले फेसबुकमा दीपाश्रीको जन्मदिनको अवसरमा भावुक कविता पोस्ट गर्दै यस्तो बताएका हुन ।
उक्त कवितामा उनले दीपालाई तीन दशक अघि पहिलो पटक भेट्दाको अनुभव पनि व्यक्त गरेका छन । उनले सुरुमा दीपा आफूलाई घमन्डी लागेको तर उनलाई बुझ्दै जाँदा निकै फरक पाएको पनि बताएका छन ।
साथै, उनले आफूलाई चोट लाग्दा दीपालाई दुख्ने पनि बताएका छन ।
उनले दीपाश्रीका लागि लेखेको कविता यस प्रकार छ–
यो केटी त कस्ति घमन्डि ! मैं हूँ भन्छे !!
बोल्ने त परै जाओस हेर्दा पनि हेर्दिन !
आज भन्दा क़रीब ३ दशक अघि तिमि संगको पहिलो भेट , मलाइ आज पनि याद छ …
जसरी हामी किताबको कभर हेरेकै भरमा
पूरै बिषय अनुमान गर्छौ … ठिक त्यस्तै
तिमि प्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले !
तर मलाइ थाहा थिएन यो त्यहि केटी हो
जो अरूको पिडालाइ आफ्नो सम्झेर समय बिताउछे !
ज़िन्दगीको खेलमा आफू हार्छे
तर अरूलाइ जीताउछे !!
म प्रतिको तिम्रो योगदानलाइ त
सिर्फ़ एक शब्दमा बुनेको छू ,
चोट मलाइ लाग्दा ,तिम्ले ऐआ भनेको सुनेको छू !
कमजोरी पनि भनिदिन्छू …।
यॉहा हरेकको हातमा क्यालकुलेटर छ
कॉहा फाइदा , कॉहा बेफाइदा ,
कॉहा ज़ोर छ ,कॉहा बिजोर छ
दिमागै दिमागको शहरमा तिमि ,मनको कुरा गर्छो ,
त्यसैले तिम्रो हिसाब कमजोर छ … ।
मेरो ज़िन्दगीको उत्कृष्ट साथिलाइ जन्मदिनको लाखौ करोडौ र अरबौ शुभकामना‘‘
