काठमाडौँ, ६ भदौ– एमालेका सांसद गोकुल बास्कोटाले आफूहरुले उच्चस्तरीय छानबिन आयोगको माग गरेपछि २३ क्विन्टल सुन रातारात बाहिर पठाइएको बताएका छन ।
आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले ठूलो मात्रामा सुन बाहिर पठाएर एक क्विन्टल सुन समातिएको बताएका छन ।
उनले भने, ‘यो फगत नौटंकी हो वा खास कारणले समातियो, यसको पनि पर्दा खुल्दै जाला । अब हामी एउटा आयोग बनाउने कुरा गरेपछि त्यसको प्रतीक्षामा छौं ।’
उनले लोकतन्त्रमा प्रतिपक्षको आवाज रोक्न खोजेपछि संसद अवरोध भएको पनि बताएका छन । उनले स्टन्ट छाडेर सत्यतथ्य कुरा बाहिर ल्याउन चुनौती दिएका छन ।
सांसद बास्कोटाले पूर्व देखाएर पश्चिम हान्ने माओवादीको नीतिप्रति संकेत गर्दै जलहरी र ३३ किलो सुनको हल्ला सदनमा चलाएर सरकारले एयरपोर्टमा क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको आरोप लगाएका छन ।
उनले एसका मेटमणी चौधरी,माओवादी केन्द्रका राजन दाहाल,कांग्रेसका रामहरी खतिवडाहरुप्रति संकेत गर्दै फलानो फाइल खोलेर फलानो नेतालाई थुन्छौं भन्ने हावादारी कुरा नगर्न चेतावनी दिए ।
उनले सबै फाइल खोल्न चुनौति समेत दिए । बास्कोटाले भने, ‘सत्तापक्षले रुखको हाँगामा बसेर पात हल्लाउने कुरा नगर्नुस् । स्टन्टबाजी होइन जरासम्म पुग्ने हिम्मत देखाउनुस् ।
सत्तापक्षका सांसदले फलानो विपक्षी दलको नेता फलानो मितिमा जेल जान्छ भन्ने रु लैजानुस् न पाता कसेर,कसले रोकेको छ रु ललकार्ने,तर्साउने किन रु यस्ता हावादारी वाइयात कुरा नगर्नुस्,जनताको नेताको अपमान गर्ने कुरा स्वीकार्य छैन ।’
